धेरै पछि भेट भयो उनी सित आज ।
झनै राम्री देखेँ मैले घुम्टो ओढि मान्दा लाज ।।
गुराँस बनि उनको मुहार ढकमक्क फूल्दा ,
रङ्गिन लाग्यो बातावरण उनी सित झुल्दा ,
पूर्णिमाको जून भेटेँ खुल्ला आकाश माझ ।
झनै राम्री देखेँ मैले घुम्टो ओढि मान्दा लाज ।।
मायाँ सित मायाँ साट्यौँ मन सित मन ,
मुटु सित मुटु सट्यौँ एउटै भयो तन ,
अझ गाढा बन्दै गयो मदहोशी साँझ ।
झनै राम्री देखेँ मैले घुम्टो ओढि मान्दा लाज ।।
धेरै पछि जिन्दगीमा स्वप्निल संसार देखेँ ,
उनको मायाँ मुटु भरि मन-मसीले लेखेँ ,
तमोर जस्तो उनको मन कन्चनजङ्घा ताज ।
झनै राम्री देखेँ मैले घुम्टो ओढि मान्दा लाज ।।
धेरै पछि भेट भयो उनी सित आज ।
झनै राम्री देखेँ मैले घुम्टो ओढि मान्दा लाज ।।
Friday, March 19, 2010
Thursday, March 18, 2010
कबिता - शुभकामना नदिनु मलाई नयाँ बर्षको
एकसरो लगौटी लगाएर खालि खुट्टा हिडेको देखेर ,
तिमी भित्र एउटा अब्यक्त जिज्ञासा उठिरहेको होला ।
सोधौँ कि नसोधौँको द्विबिधामा ,
तिम्रो गला अबरुद्ध बनिरहेको होला ।
त्यसैले ,म भन्छु तिमीलाई ,
यसपल्ट पनि मैले बर्षि बारेको छु ।
पत्याऊ या नपत्याऊ तिमी ,
तर म पोहोर साल जस्तै दु:खमा परेको छु ।
हो , दु:ख !
कहिले निलकाँडा बनेर पैतलाहरुमा बिझ्दो रहेछ ,
कहिले सोला बनेर कलेजोमा घुस्दो रहेछ ,
अनि कहिले उचाल्नै नसकिने बोझ बनेर ,
थाप्लोमा बजारिदो रहेछ ।
नसोध मलाई मेरा पीडाहरु ,
अनि नबल्झाऊ मेरा मनका घाऊहरु ।
जे छन् म भित्रै छन् ,
अनि जति छन् त्यो पनि मसितै छन् ।
सहानुभूति पोख तिमी ,
हृदयबाटै स्वीकार्छु म ।
तर मेरो दु:ख पैँचो नमाग ,
किन भने, दु:ख दु:ख नै हो ।
अर्थात यो चुरोटको खिल्ली जस्तो-
सजिलै माग्न र बाँड्न सकिने कुनै बजारिया चिज होइन ।
त्यसैले त हरेक साल ,
यसरी नै दु:ख बोकिरहेको छु म ।
अर्थात , बिवश छु म ,
आफ्नो कर्तब्यको अघाडी घुँडा टेक्न ,
र बिवश छु ,
आफू दुखेर पनि अरु कसैको मृतात्मालाई बैतरणी तार्न ।
त्यसैले , शुभकामना नदिनु मलाई नयाँ बर्षको ,
म दु:खमा शोक मनाइरहेको छु ,
अर्थात कर्तब्यको अपरित्यक्त बन्धन चुँडाल्न नसकेर ,
यसपल्ट पनि मन नलागि नलागि,
पुरानो सालको अवशानमा सधैँ झैँ बर्षि बारेको छु ।
तिमी भित्र एउटा अब्यक्त जिज्ञासा उठिरहेको होला ।
सोधौँ कि नसोधौँको द्विबिधामा ,
तिम्रो गला अबरुद्ध बनिरहेको होला ।
त्यसैले ,म भन्छु तिमीलाई ,
यसपल्ट पनि मैले बर्षि बारेको छु ।
पत्याऊ या नपत्याऊ तिमी ,
तर म पोहोर साल जस्तै दु:खमा परेको छु ।
हो , दु:ख !
कहिले निलकाँडा बनेर पैतलाहरुमा बिझ्दो रहेछ ,
कहिले सोला बनेर कलेजोमा घुस्दो रहेछ ,
अनि कहिले उचाल्नै नसकिने बोझ बनेर ,
थाप्लोमा बजारिदो रहेछ ।
नसोध मलाई मेरा पीडाहरु ,
अनि नबल्झाऊ मेरा मनका घाऊहरु ।
जे छन् म भित्रै छन् ,
अनि जति छन् त्यो पनि मसितै छन् ।
सहानुभूति पोख तिमी ,
हृदयबाटै स्वीकार्छु म ।
तर मेरो दु:ख पैँचो नमाग ,
किन भने, दु:ख दु:ख नै हो ।
अर्थात यो चुरोटको खिल्ली जस्तो-
सजिलै माग्न र बाँड्न सकिने कुनै बजारिया चिज होइन ।
त्यसैले त हरेक साल ,
यसरी नै दु:ख बोकिरहेको छु म ।
अर्थात , बिवश छु म ,
आफ्नो कर्तब्यको अघाडी घुँडा टेक्न ,
र बिवश छु ,
आफू दुखेर पनि अरु कसैको मृतात्मालाई बैतरणी तार्न ।
त्यसैले , शुभकामना नदिनु मलाई नयाँ बर्षको ,
म दु:खमा शोक मनाइरहेको छु ,
अर्थात कर्तब्यको अपरित्यक्त बन्धन चुँडाल्न नसकेर ,
यसपल्ट पनि मन नलागि नलागि,
पुरानो सालको अवशानमा सधैँ झैँ बर्षि बारेको छु ।
Wednesday, March 17, 2010
कबिता - बिचरा काकाकुलहरु
अनाबृष्टि र खन्डबृष्टिले ,
पटक पटक उजाडिएको मेरो मनको बस्ती ।
यो साल पनि रत्तिभर ओसिलो बनेन ,
अर्थात, त्याग र समर्पणको चर्को खडेरीमा ,
बिश्वासको पालुवा फेर्न सकेन मेरो मनको बस्तीले ।
संझन्छु म , मेरी हजुर आमालाई -
"गर्जने मेघ कहिल्यै बर्सदैन ।"
अनि नियाल्छु आफ्नै खुल्ला आकाशलाई ।
कठैबरा!ती बिचरा काकाकुलहरु ,
आफैलाई दृष्टिभ्रम भए झैँ लाग्छ ।
"ग्लोबल वार्मिङ्"को चिन्ता बोकेर ,
कल्पनाको कालापत्थर हुइंकिन्छु ,
आहा ! कति शितल?
जताततै बर्षै बर्षा अनि हरा भरा वाताबरण,
अब्यक्त खुशीले पुलकित बन्छु म ।
तर जब यथार्थताको धरातलमा ओर्लन्छु ,
फेरि पनि दृष्टिभ्रम भए झैँ लाग्छ ।
अर्थात , देख्छु त्यही उजाडिएको मनको बस्ती ,
अनि बस्ती माथीको खुल्ला आकाशमा तृसित मन लिएर -
निरन्तर कावा खाइरहेका तिनै बिचरा काकाकुलहरु ।
पटक पटक उजाडिएको मेरो मनको बस्ती ।
यो साल पनि रत्तिभर ओसिलो बनेन ,
अर्थात, त्याग र समर्पणको चर्को खडेरीमा ,
बिश्वासको पालुवा फेर्न सकेन मेरो मनको बस्तीले ।
संझन्छु म , मेरी हजुर आमालाई -
"गर्जने मेघ कहिल्यै बर्सदैन ।"
अनि नियाल्छु आफ्नै खुल्ला आकाशलाई ।
कठैबरा!ती बिचरा काकाकुलहरु ,
आफैलाई दृष्टिभ्रम भए झैँ लाग्छ ।
"ग्लोबल वार्मिङ्"को चिन्ता बोकेर ,
कल्पनाको कालापत्थर हुइंकिन्छु ,
आहा ! कति शितल?
जताततै बर्षै बर्षा अनि हरा भरा वाताबरण,
अब्यक्त खुशीले पुलकित बन्छु म ।
तर जब यथार्थताको धरातलमा ओर्लन्छु ,
फेरि पनि दृष्टिभ्रम भए झैँ लाग्छ ।
अर्थात , देख्छु त्यही उजाडिएको मनको बस्ती ,
अनि बस्ती माथीको खुल्ला आकाशमा तृसित मन लिएर -
निरन्तर कावा खाइरहेका तिनै बिचरा काकाकुलहरु ।
Tuesday, March 16, 2010
कबिता - शुभकामना दिन बाँकी नै छ
आज जताततै तिम्रो चर्चा चलेकोछ ,
तिम्रै बिजयको हल्लाले देस हल्लिएकोछ ।
हो, तिमी राम्रो घोडचढी बनेकाछौ रे ।
र हिजो आजको घोडा दौडमा ,
तिमीले सबैलाई उछिनेकाछौ रे।
तर, मलाई त अझै पनि पत्यार लागिरहेकोछैन ।
कसैको हल्लाको पछि लाग्न ,
अथवा, पलभरको बिजयोन्मादमा पागल बनेर ,
गाउँ गाउँ र बस्ती बस्ती चाहार्न ,
अलिकति पनि जोश र जाँगर चलेको छैन ।
किन भने, मैले आफ्नै आँखा अघाडी -
तिमी जस्ता कैयौं घोडचढीहरुलाई ,
घोडाबाटै हामफालेको देखेकोछु ।
सामर्थ्यबिहीन सारथीहरुलाई लात्यौंदै ,
कैयौं घोडाहरु बेलगाम बनेको देखेकोछु ।
त्यसैले, तिम्रो सफलताको कसी जाँच्न -
भोलिको घोडा दौडाई हेर्न बाँकी नै छ ,
बेलगाम घोडाहरुको दौडाईमा -
विजय वा पराजय जे भए पनि ,
तिमीलाई शुभकामना दिन बाँकी नै छ ।
तिम्रै बिजयको हल्लाले देस हल्लिएकोछ ।
हो, तिमी राम्रो घोडचढी बनेकाछौ रे ।
र हिजो आजको घोडा दौडमा ,
तिमीले सबैलाई उछिनेकाछौ रे।
तर, मलाई त अझै पनि पत्यार लागिरहेकोछैन ।
कसैको हल्लाको पछि लाग्न ,
अथवा, पलभरको बिजयोन्मादमा पागल बनेर ,
गाउँ गाउँ र बस्ती बस्ती चाहार्न ,
अलिकति पनि जोश र जाँगर चलेको छैन ।
किन भने, मैले आफ्नै आँखा अघाडी -
तिमी जस्ता कैयौं घोडचढीहरुलाई ,
घोडाबाटै हामफालेको देखेकोछु ।
सामर्थ्यबिहीन सारथीहरुलाई लात्यौंदै ,
कैयौं घोडाहरु बेलगाम बनेको देखेकोछु ।
त्यसैले, तिम्रो सफलताको कसी जाँच्न -
भोलिको घोडा दौडाई हेर्न बाँकी नै छ ,
बेलगाम घोडाहरुको दौडाईमा -
विजय वा पराजय जे भए पनि ,
तिमीलाई शुभकामना दिन बाँकी नै छ ।
कबिता - मेरो हिजो, आज र भोलिको आकाश
हिजो म भाँडाकुटी खेलिरहेको बेला
आकाशमा हेलिकप्टर उडेको देख्दा ,
आँगनको डीलमा निस्केर -
हर्ष र खुशीले नाँच्ने गर्थें ।
आमाको गुन्युको फेरो समातेर -
चर्को चर्को आवाजमा कराउँदै ,
ए आमा! हामी पनि रमिता हेर्न जाउँन भन्थें ।
तर आज त्यही खुल्ला आकाशमाथि -
तिर्खाले ब्याकुल बनेर उडिरहेको काकाकुल देख्दा समेत ,
मेरी सानी छोरी कहालिएर रुने गर्छे ।
भय र त्रासले, अबरुद्ध कण्ठमा -
मेरी श्रीमतीको हात समातेर ,
मम्मी! घर भित्र लुक्न जाउँन भन्छे ।
सायद भोलि मेरी नातिनीले -
धर्तीमा टेकेको पहिलो पाईलासंगै ,
आकाशविहीन दुनियाँको कामना गर्छे होला ।
अबोध अनि बालसुलभ आवाजमा ,
"हजुल्बा ! बलु धल्ती भित्लै घल् बनाउँन" भन्छे होला ।
आकाशमा हेलिकप्टर उडेको देख्दा ,
आँगनको डीलमा निस्केर -
हर्ष र खुशीले नाँच्ने गर्थें ।
आमाको गुन्युको फेरो समातेर -
चर्को चर्को आवाजमा कराउँदै ,
ए आमा! हामी पनि रमिता हेर्न जाउँन भन्थें ।
तर आज त्यही खुल्ला आकाशमाथि -
तिर्खाले ब्याकुल बनेर उडिरहेको काकाकुल देख्दा समेत ,
मेरी सानी छोरी कहालिएर रुने गर्छे ।
भय र त्रासले, अबरुद्ध कण्ठमा -
मेरी श्रीमतीको हात समातेर ,
मम्मी! घर भित्र लुक्न जाउँन भन्छे ।
सायद भोलि मेरी नातिनीले -
धर्तीमा टेकेको पहिलो पाईलासंगै ,
आकाशविहीन दुनियाँको कामना गर्छे होला ।
अबोध अनि बालसुलभ आवाजमा ,
"हजुल्बा ! बलु धल्ती भित्लै घल् बनाउँन" भन्छे होला ।
Subscribe to:
Posts (Atom)
